सुनको मूल्य बढ्यो, चाँदीको यथावत

शर्मिला गुरुङ

काठमाडौं, ९ पुस : आज साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मूल्य चार रुपैयाँले बढेको छ ।

हिजो आइतबार नेपाली बजारमा छापावाल प्रति तोला ५८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर छापावाल सुन र तेजावी सुन क्रमस : प्रतितोला ५९ हजार २०० रुपैयाँ र ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्य भने यथावत नै रहेको छ । हिजो आइतबार प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि मुल्यामा कारोवार भैरहेको छ ।

प्रतिक्रिया