यी हुन् अन्जु पन्त जस्तै मिठो गीत गाउने चितवनकी अन्जु बिक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय रातारात चर्चित बनेकी अन्जु बिकले केहि समय अघि आफ्नो पहिलो गीत रेकर्ड गराएकी छिन्। ‘कर्मै मेरो खोटी रैछ’ बोलको उनको गीत अत्याधिक मात्रामा रुचाइयो। उक्त गीत मार्मिक र त्यसमा गुन्जिने उनको आवाज पनि निकै लोभलाग्दो छ। उनलाई कतिले अन्जु पन्तसँग पनि दाजेका छन्। अन्जु पन्तसँग नाम र स्वर पनि मिल्ने भन्दै उनलाई दर्शकहरुले प्रशंसा गरिरहेका छन्।

राम्रो गीत गाउँने प्रतिभा भएकी अन्जुको एक अन्तर्वाता सार्वजनिक भए पछी उनिलाई विभिन्न ठाउँबाट सहयोग आएको थियो। शोही रकम र एक मिडियाको सहयोगमा उनको गीत रेकर्ड भएको थियो। प्रतिभा भएको तर आर्थिक अभावका कारण उजागर गर्ने ठाउँ नपाएकी अन्जुलाई उनकै शिक्षिकाले हौसला र सहयोगका कारण आफुले दर्शकमाझ चिनिन पाएको उनले बताइन।

चितवनमा बसोबास गर्दै आएकी अन्जु विकको घरको अवस्था निकै नाजुक छ। अन्जुको अनुसार उनका बुबा सानै हुँदा हजुरबा हजुरआमा दैबको प्यारा भए जसकारण उनका बुबाको नागरिकता बन्न सकेन। अहिले उनीहरु भाँडामा बस्दै आएका छन्। उनको परिवारमा अहिले बुबा आमा र उनी छिन् भने ४ ओटा दिदीको विवाह भैसकेको छ।

सुमधुर आवाजको धनी अन्जु बिक आफैले गीतको रचना गर्छिन। गीतमार्फत आफ्नो भावनाहरु पोख्ने गर्छिन। उनलाई घर र साथीभाईले निकै प्रोत्सहान गरिरहेका छन्। उनको भविष्यमा ठुलो गायिका बन्ने सपना छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया