फिल्म ‘कडल’बाट कमब्याक गर्दै चर्चित कलाकार अर्विन्द स्वामी

रिता घिसिंग

एजेन्सी : फिल्म ‘राजा’, ‘ध्रुब और बम्बे’ लगाएतका फिल्ममा काम गरिसकेका चर्चित कलाकार अर्विन्द स्वामीले इण्डिया टुडे कन्क्लेभ २०१८ मा सहभागिता जनाएका छन् । यसै मौकामा एक सिनियर पत्रकार पद्मजा जोशीसँग कुराकानी गर्ने क्रममा कलाकार अरविन्दले २० वर्षको उमेरदेखिनै मोडलिङ सुरु गरेको बताएका छन् । साथै मोडलिङसँगै उनले फिल्ममा काम पनि पाए, र उनले मणिरत्नको हात समातेर अगाडि बढे ।

अभिनय छोड्दै कमब्याक गर्दै आएका अरविन्दले भने, ‘मलाई स्पाइनल इन्ज्योरी भएको थियो । जसको कारण मैले फिल्ममा काम नगर्ने फैसला गरेको थिए । तर निर्माता तथा निर्देशक मणिरत्नका कारण पुनः फिल्ममा देखिदै छु ।’

मणिरत्नले आफ्नो आगामी फिल्म ‘कडल’ लिएर कलाकार अरविन्द कहाँ पुगेका थिए । मणिरत्नलाई आफ्नो मेन्टर मान्ने कलाकार अरविन्दले सो फिल्मको लागि राजी भएका छन् ।

कलाकार अरविन्दले आफ्नो करियरको सुरुवाती दिनहरुको बाररेमा पनि बताए । उनले आफूलाई मणिरत्नको पोष्टर ब्वाईको रुपमा लिन्थे । मणिरत्नले पनि उनलाई कहिल्यै डाँटेनन् । उनले कलेज पढ्दै गर्दा मोडलिङलाई पनि सँगै अगाडि बढाएका थिए । उनले मोडलिङ बाटै पनि राम्रो कमाई गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू