दिनहुँ दुईपटक हराउने अनौठो सडक !

रिता घिसिंग

एजेन्सी : के तपाइले हेर्दा हेर्दै गायब हुने सडक देख्नुभएको छ ? सुन्दा अचम्म लाग्छ तर फ्रान्समा एउटा यस्तो सडक छ, जुन एक दिनमा दुईपटक हराउँछ ।फ्रान्सको मूख्य भूमिलाई नोइरमोटियर क्षेत्रसँग जोड्न पेसेज डु गोइसे नामक सडक समुद्रको तटीय क्षेत्रमा छ ।

दुईपटक समुद्री छाल आउँदा सडकलाई समुद्रको पानीले डुबाउँदछ । पानीले डुबेको बेलामा सडक पानीको सतहभन्दा १३ फिट तल पर्दछ । जब सामुद्रिक ज्वारभाटा शान्त हुन्छ तब पानी तटीय क्षेत्रबाट समुद्रतर्फ फर्किएपछि यो सडक देखा पर्न थाल्दछ ।

त्यसैले समुद्रसँग लुकामारी खेल्ने यो सडकको यात्रा जति रोमाञ्चक छ, उत्तिनै खतरनाक पनि हुन्छ । यद्यपि पर्यटकहरुका लागि यो आकर्षणको केन्द्र बनेको छ ।
सडकमा गाडी चलाउनेका लागि मात्र होइन सडक हेर्दाहेर्दै डुबेको र पुनः देखा परेको दृश्य किनारामा बसेर हेर्नेहरुका लागि पनि यो निकै रोमाञ्चक ठाउँ हो ।

सन् १७०१ मा यो बाटो पत्ता लागेको थियो र पछि त्यस ठाउँमा पक्की सडकको निर्माण गरिएको थियो । यो सडक साढे ४ किलोमिटर लामो छ ।

प्रतिक्रिया