जहाँ प्रेम बलियो हुन्छ, त्यहाँ प्रेमको कथा सत्य हुन्छ-‘रुमालै छ चिनो’

शर्मिला गुरुङ

काठमाडौँ, १० पुस : चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन । यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो।

कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो।चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ। ज्योती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । दिनेश सिंह ठकुरीले निर्देशन गरेको यस चलचित्र फागुन १० देखि प्रदशनमा आउदैछ ।

हेर्नुहोस ‘रुमालै छ चिनो’ को ट्रेलर :

प्रतिक्रिया