बिपाशा बसुका पतिले यति धेरै वर्कआउट गरे कि लिन पर्यो बैसाखिको साहारा

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेत्री बिपाशा बसुका पति करण सिंह ग्रोवर अहिले बैसाखीको सहारामा हिडिरहेको अवस्थामा देखा परेको छ । करण सिंह ग्रोवरलाई यस्तो हालतमा देखेर सबैले केहि दुर्घटना घटेर वा चोट लागेको हो कि भन्ने सोचेका छन्। तर उनलाई न त चोट लागेको छ न त दुर्घटना नै भएको हो। बस्ताबमा धेरै वर्कआउट गरेका कारण उनको यस्तो हालत भएको हो।

करण सिंह ग्रोवरका अनुसार जिममा धेरै वर्कआउट गर्ने क्रममा उनको मांसपेशि‍मा असर पुगेको छ। त्यसैले अहिले बैसाखीको साहारा लिनु परेको हो।

२३ फेब्रेवरी, १९८२ का दिन दिल्लीमा जन्मिनु भएका करणले अहिलेसम्म तीन बिबाह गरि सकेका छन्। करणले २००८मा टिभी कलाकार श्रद्धा निगमसंग बिबाह गरेका थिए। तर उक्त सम्बन्ध १० महिनापछि टुट्यो। २०१२मा उनले फेरी जेनिफर विंगेटसंग बिबाह गरे। यो पनि धेरै दिन टिक्न सकेन र २०१४ मा सम्बन्ध बिच्छेद भयो। २०१६मा उनले अभिनेत्री विपाशा बसुसंग बिबाह गरेका हुन्। उनीहरुको मिलन चलचित्र ‘अलोन’को सेटमा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू