नेता बैगुनी नभई नहुने ! नेताहरुलाई अर्को झटारो

शर्मिला गुरुङ

काठमाडौँ, १० पुस : करिव ढेड दशक अगाडिबाट हाँस्यब्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै राजा राजेन्द्रले चैत २६ राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा हाँस्यब्यङ्ग्य साँझ २०७४’ गर्दैछन ।

हाँस्यब्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र हो । पछिल्लो समय विद्युतिय संचार माध्यमहरुमा हाँस्यब्यङ्ग्य कार्यक्रमहरुको दरिलो उपस्थिति छ। समाचारपछि हाँस्यब्यङ्ग्य कार्यक्रमहरु नै सर्वाधिक हेरिने कार्यक्रमहरुमा पर्ने गरेको विभिन्न सर्वेक्षण र अनुसन्धानहरुले देखाएका छन् ।

टेलिभिजन च्यानल र एफएम स्टेसनहरुको बढोत्तरीले हाँस्यब्यङ्ग्य कार्यक्रमहरुको प्रशारणमा तीब्रता आएको छ । जसले गर्दा हाँस्यब्यङ्ग्य कलाकारहरुको बृद्धि र विकास हुनु स्वभाविक नै हो । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रहरुको खस्किदोँ अवस्थाका कारण आम जनतामा निरासा र अविश्वास बढ्दै गएको छ ।

२०५८ साल देखि कलेजमा हुने साँस्कृतिक कार्यक्रमहरु मार्फत हाँस्यब्यङ्ग्य क्षेत्रमा पाईला राखेका राजेन्द्र जन आन्दोलन २०६२÷०६३ मा तत्कालिन सासकहरुको गलत रबैयालाई आफ्नो ब्यङ्गात्मक प्रस्तुती मार्फत अभिब्यक्त गरेर सो समयमै प्रतिभाशाली कलाकारकोरुप ग्रहण गरे । तत्पश्चात एकहजार भन्दा बढी ‘स्टेज प्रोग्राम’ हरुमा आफ्नो प्रस्तुती दिईसकेका राजा राजेन्द्रले ‘जिरे खोर्सानी’ र ‘मेरी बास्सै’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरुमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू