कपिल शर्माको रिसेप्सन पार्टीमा रणवीर–दीपिकाले गरे बबाल डान्स

रिता घिसिंग

एजेन्सी : सोमबार राती मुम्बइको जे डब्लु मेरिट होटलमा कमेडियन कपिल शर्माले बिहेको रिसेप्सन पार्टी दिए । रिसेप्सन पार्टीको एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा हालै विवाह बन्धनमा बाँधिएका सुपरस्टार जोडी रणवीर सिंह र दीपिका पादुकोणको डान्स देखिएको छ । यी दुईले एक अर्काको अंगालोमा रोमान्टिक डान्स गरेका छन् ।

रणवीरले आफ्नो आउँदै गरेको फिल्म सिम्बाको गीत ‘लडकी आँख मारे’मा पनि गायक मीका सिंहसँग डान्स गरे । कपिलकी आमाले पनि रणवीर दीपिकासँग डान्स गरेको देखिएको छ । पार्टीमा दीपिका गुलाबी सारी र रणवीर नीलो रंगको सुटमा देखिए । रिसेप्सनमा धर्मेन्द्र, रेखा, जितेन्द्र, रविना टण्डन, कृति सेनन, करण जौहर, अनिल कपुर, तुषार कपुर, सोहेल खान, सलिम खान, कार्तिक आर्यन, हरभजन सिंह, चंकी पाण्डे, गुलशन ग्रोवर, वरुण शर्मा, विशाल भारद्वाज, अब्बास मस्तान, मंजरी फडनिस लगायत सेलिब्रेटी पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू