देवरले सबै सम्पति लुटेर खाएपछि यी आमाको वृद्धाश्रममा बास (भिडियो)

मनिषा थापा

पिएनपिखबर : वृद्धाश्रम ती ज्येष्ट नागरिकहरुको लागि हो जो आफ्नो परिवारको साथमा बस्दैनन् अथवा निराश्रित हुने गर्छन। जुन वृद्धको लागि कुनै आश्रय हुदैन र साहराको नाममा कोहि हुदैन उनीहरुलाई वृद्धाश्रमले एक सुरक्षित आश्रय प्रदान गर्दछ। त्यहाँ थुप्रै वृद्धवृद्धाहरुले आश्रय लिएर बसेका छन्। ती मध्य एक हुन् पार्वती सापकोटा।

उनी वृद्धाश्रममा आउनु अघि काँडाघारी बस्दै आएकी थिइन । उनी आफ्नो श्रीमानको निधन भएपछि सहारा कोहि नभएर वृद्धाश्रम आएकी हुन्। आमाको अनुसार, उनी श्रीमानकी कान्छी श्रीमती हुन्। उनी भन्छिन्, ‘पहिलो श्रीमती र छोरा छोरीको मृत्यु भएपछि मसँग विवाह भएको हो। मेरो विवाह अघि नै देवरले सबै सम्पति खाइदिए।’

उनको आफ्नो भन्नु सन्तान पछि छैन। उनी यहाँ आउनु अघि भाडा तिरेर आफ्नो श्रीमानसँग कोठमा बस्ने गर्थे। श्रीमानको निधन भएपछि घर गएकी थिइन् तर देवरानी देवर मिलेर हेला गरेपछि वृद्धाश्रममा बस्न बाध्य भएकी छिन्। उनलाई आफु कुन सालमा जन्मेको भनेर पनि थाहाँछैन। उनलाई आफ्नो उमेर बताउँनको लागि बुबाआमा थिएनन् जो उनी बच्चा छदै भगवानका प्यारा भएका थिए। उनी भन्छन, ”सबैभन्दा ठुलो सम्पति नै रहेछ। सम्पति भएको भएघर हुन्थ्यो भाडा उठाएर पनि खान सक्थे। यहाँ आएर बस्नु पर्ने थिएन ।”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू