लमजुङ, १० पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताउनुभएको छ । सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्मार्ट भिलेजका रुपमा आज शुभारम्भ गर्र्दै उहाँले अबका पाँच वर्षमा २५ लाख पर्यटकको सङ्ख्या पु¥याउने प्रदेश सरकारको योजना रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका प्रत्येक गाउँमा अब पर्यटक पु¥याउनुपर्छ, पर्यटकको माध्यमबाट गाउँ हुँदै देशको विकास हुन्छ ।”
कार्यक्रममा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, आशा कोइराला खनाल एवं विधान समितिका सभापति नारायण रेग्मी लगायतको उपस्थिति रहेका थियो । समुद्री सतहदेखि करीब दुई हजार १०० मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित घरवास सञ्चालनमा ल्याइएको थियो ।
त्यसपछि स्थानीयवासीले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएका छन् । करीब १२० घर रहेको गाउँमा अहिले ३२ घरमा घरवास सञ्चालन भएको छ । पर्यटकीय सेवासुविधा, स्थानीय कलासंस्कृतिको प्रवद्र्धन तथा गतिविधि, घरवास कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्ने गरेको छ ।
-रासस