काङ्ग्रेस नेताले प्रधानाध्यापक र वडाध्यक्ष कुटे

admin


गुल्मी , पुस ११ : गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारकाे अनुसार नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्यालमाथि हातपात गरेका हुन् ।

विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला एक्कासी काङ्ग्रेस नेता जिसी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ । नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए ।

साँझको समयमा जिसीले मदिरा सेवन गरी हातपात गरेको कार्कीले आरोप लगाएकाे राजधानी दैनिकले जनाएकाे छ । घटनाको विषयमा मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित बैठक बस्यो । तर निष्कर्ष भने केहि निस्किएको छैन ।

प्रतिक्रिया