आगलागीबाट रु चार लाखको क्षति

admin

गलेश्वर, ११ पुस :अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार बराबरको क्षति भएको छ । स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले जानकारी दिनुभयो । घारखोला हाइड्रोपावरमा सुरक्षार्थ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गाउँलेको सहयोगमा आगो निभाइएको थियो ।

तीन लाख सहयोग
ओमकुमारी शान्ति कोषलाई नेदरल्याण्डमा रहेका म्याग्दीवासीले रु तीन लाख सहयोग गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसक्नेलाई सहयोग गर्न नेदरल्याण्डमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना)का सदस्यले आजीवन सदस्यता लिए वापतको सो रकम बेनीमा कोषलाई हस्तान्तरण गरिएको हो ।

मोना आइसीसीका अध्यक्ष चक्रबहादुर थापा, मोना नेदरल्याण्डका अध्यक्ष जङ्गबहादुर पुन र उपाध्यक्ष सोम भण्डारीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रु एक करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट गरीब र विपन्नको उपचारमा सहयोग गर्दै आएको छ ।
-रासस

प्रतिक्रिया