आमा समूहद्वारा सामुदायिक भवन निर्माण

admin

दमौली, ११ पुस : तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ । चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट रु चार लाख ६० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहका अध्यक्ष देउमाया थापाले जानकारी दिनुभयो । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित कार्यक्रमका लागि सहज भएको छ । उहाँले भन्नुभयो, “आमा समूहको बैठक अरुको घरमा बस्नुपर्ने बाध्यता थियो ।”

आमा समूहले गाउँमा हुने विवाह, ब्रतबन्ध, पूजापाठ लगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएको छ । मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले महिला सशक्तिकरण, सीपमूलक तालीम र घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । उक्त सामुदायिक भवनको मङ्गलबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो ।
-रासस

प्रतिक्रिया