हात्तीले लियो २४ बर्षिय युवाको ज्यान, गरीबलाई क्षतिपुर्ती दिन्छु भनेर सरकारले झुक्यायो(भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर, भक्तपुर : राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीमा जंगली हात्तीको आक्रमणबाट कार्तिक २४ गते शुक्रबार राति २४ बर्षिय सागर राईको मृत्यु भएको थियो । देउसी खेल्न गएका राई शनिबार बिहान घरबाट ४०० मिटर टाढा ८ बजे बिक्षिप्त अवस्थामा मृत फेला परेका हुन् । राईका पिता सुमन राई भन्छन देउसी खेल्न गएका छोरा एक्कासी यस्तो अवस्था फेला पर्छ भनि परिवारले सोचेका पनि थिएनन्।

घटना घटेको समयमा सरकारले क्षतिपुर्तिबापत १० लाख दिन्छु र पिडितका श्रीमतीलाई रोजगारी प्रदान गर्छु भनि प्रतिबद्धता जाहेर गरेका थिए। तर सरकार पक्षले अहिलेसम्म कुनै सहयोग नगरेको पिडितका परिवारले गुनासो पोखेका छन्। १३ दिनको पुन्य तिथिको भोलि पल्ट क्षतिपुर्तिबापतको रकम प्राप्त हुन्छ भनि बैंकमा खाता पनि खोलिदिएका थिए। तर उक्त खाता २ महिना बित्न लाग्दा पनि खाली नै छ।

पिडितका पिता भन्छन “छोराको मृत्यु हुनेसमयमा सरकार पक्षले क्षतिपुर्तिबापत ५० हजार मात्र दियो। बाँकि ९ लाख ५० हजार २, ३ महिना लाग्छ भन्दै ढिलासुस्ती गरिरहेका छन्। सरकारले भनेको २ महिना पनि बित्न लागि सक्यो तर अहिलेसम्म अत्तोपत्तो छैन।” गाउघरमै मजदुरी गरि जीवन गुजारा चलाउने यी परिवारलाई घरमा कमाइ ल्याउने मानिस नहुदा अहिले जीवनयापन गर्न गाह्रो भैरहेको छ। क्षतिपुर्तिबापत दिने भनिएको रकम चाडो भन्दा चाँडो उपलब्ध गराउन मृतकका परिवार अनुरोध गरिरहेका छन।

पिडितका परिवार तथा छिमेकीहरु यस घटनाको दोषी राष्ट्रिय निकुन्ज र सरकारलाई मान्छन। जनवारहरु निकुन्जमा हुनुपर्छ तर निकुन्ज वरिपरीका बस्तिलाई सुरक्षा दिनुपर्छ भन्ने माग उनिहरुको रहेको छ ।

हेर्नुहोस पिडित परिवारसंग पिएनपिखबरले गरिएको कुराकानी :

प्रतिक्रिया