एयरपोर्टमै विश्वविजेता महेश्वर धरधरी रुँदै भने,”मिस नेपाललाई सबको साथ स्वर्ण विजेता खालिहात”

शर्मिला गुरुङ

काठमाडौँ, ११ पुस : विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई एयर्पोर्टमा भब्य स्वागत गरिएको छ । उनलाई थाइल्यान्डमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगिता जितेर फर्किने क्रममा भब्य स्वागत गरिएको हो ।

उनी ७५ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न समर्थक तथा सुभेच्छुकसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना पनि विमानस्थल पुगेका थिए । विमानस्थलमा उनलाई स्वागत गर्न बाजा गाजा शाहीत जनसागर नै उर्लिएको थियो ।

महेश्वरका अनुसार प्रतियोगिताकै लागि करिब ६ महिनादेखि अभ्यास गरेका थिए भने ७/८ लाख खर्च भएको थियो ।

बाँकी हेरौ भिडियोमा : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू