६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई पाल्दै (भिडियाेसहित)

रिता घिसिंग


एजेन्सी : ८३ बर्षिय बलिउडका चर्चित अभिनेता धर्मेन्द्र अहिले आफ्नो नयाँ भिडियोका कारण चर्चामा छन्। भिडियोमा धमेन्द्र आफ्नो लोनावलास्थित हार्महाउसमा घुम्दै र प्रकृतिको आनन्द लिइरहेका छन्। ८३ वर्षको उमेरमा पनि एकदम फिट देखिने धमेन्द्र दैनिक मर्निङ वाक गर्न बिर्सिँदैनन्। धर्मेन्द्रलाई विहानको सूर्योदय हेर्न निकै मन पर्छ। धमेन्द्रले एक स्टाटस लेख्दै भनेका छन् ‘मैले काम कमाउनलाई धेरै तपस्या गरेको छु। मेरो ६० वर्षको मेहनत मेरो ज्यान भन्दा पनि प्यारो छ।’

धर्मेन्द्र यतिबेला मुम्बइको भिडभाड भन्दा टाढा प्रकृतिको काखमा आफ्नो जीवन बिताइरहेका छन्। धमेन्द्र आफ्नो फार्महाउसमा कहिले आँप टिप्दै गरेको त कहिले रक गार्डेनमा समय बिताउँदै गरेको देखिन्छ। उनले आफ्नो फार्म हाउसमा अर्गानिक तरकारी मात्रै गाई भैंसी पनि पालेका छन्। त्यतिमात्रै होइन कुकुर, हाँस, कुखुरा, घोडा पनि पालेका छन्। कयौं पटक धर्मेन्द्रले फार्महाउसको फोटो पनि सामाजिक संजालमा शेयर गरेका छन्। धर्मेन्द्रको फार्महाउस नजिक पहाड र झरना पनि छ। साथै नजिकै हजार फिट गहिरो तल पनि छ।

धर्मेन्द्रले एक अन्तर्वाताका क्रममा जतिबेला उनी फिल्म क्षेत्रमा प्रवेश गरेका थिएनन् त्यतिबेला उनी जालन्धरमा सन्त सिनेमा हलमा फिल्म हेर्न जाने गरेको बताएका थिए। त्यही हलमा फिल्म हेर्दा हेर्दै आफू पनि हिरो बन्ने सोच बनाएका थिए। सन्त सिनेमा हाल ११ वर्ष पहिला बन्द भइसक्यो। धर्मेन्द्रले १९५८ मा फिल्म ‘दिल भी तेरा हम भी तेरा’ बाट बलिउडमा डेब्यू गरेका थिए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू