पुलमुनि सडेको अवस्थामा बच्चाको शव फेला

रिता घिसिंग

धरान, ११ पुस : धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको छ । गाडेको अवस्थामा जनवारले उधिनेको हुनसक्ने निरीक्षक तिम्सिनाले बताउनुभयो।
–रासस

प्रतिक्रिया