अवकाश प्राप्त प्रहरी निरीक्षक हाछेथु भन्छन्, सपना पनि सिठ्ठी फुकेको देख्छु

admin

काठमाडौँ, पुस १२ : ‘जहाँ जाम त्यहीँ सीताराम’ भन्ने भनाइ एकादेशको कथाजस्तै भइसकेको छ । तर, नेपाल प्रहरीभित्र रहेर उपत्यकाको ट्राफिक व्यवस्थापनमा नाम कमाएका प्रहरी निरीक्षक सीताराम हाछ्थु पूर्वप्रहरी भइसकेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नेपाल प्रहरीका ‘रियल हिरो’का रुपमा चिनिएका सीतारामले नेपाल प्रहरीमा ३० वर्ष काम गरेर हालै अवकाश पाएका हुन् । सीताराम वनबास जाने नभई फेरि सडकमा नै आउने प्रण गर्दै भन्छन्, ‘केही समय विश्रामपछि मेरो नियमित जीवन सडकमा नै हुन्छ । अहिले पनि सपनामा सिठ्ठी फुकेको र सवारी व्यवस्थापन गरेको देख्छु ।’ सेवा अवधिको ३० वर्षम कालिमाटीदेखि सातदोवाटोसम्म ट्राफिक प्रहरीका भवन बनाउन सफल भएका थिए ।

प्रतिक्रिया