सगरमाथा सिमेण्टको भवनमा भीषण आगलागी

admin

काठमाडौँ, पुस १२ : सगरमाथा सिमेन्ट प्रालिमा आज बिहानै आगलागी भएको छ ।दाङको घोराही उपमहानगरपालीका ३ गोग्लीस्थित सगरमाथा सिमेन्ट प्रालिले निर्माण गर्दै गरेको सीएसपी भवनको ३५ मिटर माथी बिजुली तारसट भई आगलागी भएको बताइएको छ ।

बिहिबार बिहानै भएको उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा आएको बताइएको छ । प्रहरीका अनुसार आगलागीको कारण कुनै मानवीय क्षति भने हुन पाएन । तर भवन बनाउन प्रयोग हुने पलाई ५ वटा, वल्डिङ मेसिन ५ वटा, अन्य ग्रिल मेसिन र ३ वटा ग्याँस सिलिन्डर भने नष्ट भएको छ।

प्रतिक्रिया