गूगल तथ्यांक : २६ वटा देशको सर्वाधिक खोजीमा श्रृंखला खतिवडा (भिडियोसहित)

रिता घिसिंग

काठमाडौं : मिस नेपाल श्रृंखला खतिवडा अझै चर्चामा छिन् । मिस वर्ल्ड २०१८ कि दावेदार मानिएकी श्रृंखला टप १२ मा परेर बाहिरिएकी थिईन् । उनले दुई वटा मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड जितेर निकै चर्चामा थिईन् । वर्ष २०१८ मा श्रृंखलाले आफु मात्रै चम्किएनन् नेपालको नाम समेत विश्वभर फैलाइन् ।

उनै श्रृंखलालाई विश्वका २६ वटा देशबाट सर्वाधिक खोजी गरिएको पाइएको छ । सबैभन्दा चर्चित सर्च ईन्जिन गुगलले यो तथ्यांक सार्वजनिक गरेको हो । श्रृंखलालाई २०१८ को जनवरी, अप्रिल, नोभेम्बर र डिसेम्बर महिनामा सर्वाधिक खोजी गरिएको छ ।

श्रृंखलालाई नेपालबाट सबैभन्दा बढी खोजी गरिएको देखिन्छ । छिटपुट खोजी गरिएको देशलाई भने गुगलले समावेश गर्दैन । गुगलमा श्रृंखलाको उमेरदेखि उचाईसम्म खोजी गरिएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू