रबिना बादीले धुमधामले मनाईन आफ्नो छोराको जन्मदिन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : केही समय अगाडि पारिवारिक सम्बन्धको विषयले सामाजिक सञ्जालमा निकै भाइरल बनेकी गायिका तथा मोडल रविना बादी यतिखेर भने कलाकारिता क्षेत्रमा निकै व्यस्त देखिन थालेकी छिन् । अहिले रविना बादी निकै चर्चामा रहेकी छिन् । उनको आफ्नो दुखदायी जीवनका घटना र आफ्नो सानो छोराका कारण उनी धेरै चर्चामा आएकी हुन् ।

पछिल्लो समय छोराको स्वास्थ्यका लागि पैसा जुटाउन आफ्नो किड्नी बेचेकी रविना बादीले बुधबार छोराको जन्मदिन मनाएकी छन् । रविना बादीले आफ्नो छोराको जन्मदिन मानबसेवा आश्रम मनाउनुको साथै आश्रममा रहेकाहरुलाई समेत सहयोग गरेकी छिन् । आफ्ना शुभचिन्तकहरलाई बोलाएर आफ्नो छोराको जन्मदिन धुमधामले मनाईन। सो अवसरको दिनमा निकै सजिएर बसेकी रविना धेरै दिन पछि आज रविना पनि निकै खुसी देखिएकी थिइन्। मानव सेवा आश्रमका संचालकहरुले उनको छोराको जन्मदिन मनाउने काममा सहयोग समेत गरेका थिए ।

छोराको जन्मदिनको अवसरमा उनका शुभचिन्तक देखि पत्रकारहरुको पनि उपस्तिथी देखिन्थ्यो। छोराको लागि र उनको संघर्षमा साथ दिने मिडिया, शुभचिन्तक तथा आफन्तहरुलाई धन्यवाद दिंदै आफु जीवनमा अब अगाडी बढ्न चाहेको बताइन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू