२२ तलाको धरहरा माथी बसेर काठमाडौँ हेर्न मन छ : प्रम ओली (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा बिहीबार प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताए।

नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उनले भने, “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ। हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने बताए। “नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन्। भूकम्पले नोक्सान भएका धेरै सम्पदास्थल पुनःनिर्माण भइसकेका छन्”, विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बहानामा पुनःनिर्माणका कार्य रोकिने छैन।”

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू