देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा

admin

रुपन्देही, १३ पुस : स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ । प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति टोल युवा परिवारले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट बुटवल उपमहानगरपालिकाको वडा नं ६ र ८ का अस्पताल अगाडिको भुडकीचोकदेखि हिलपार्क जाने पुलसम्म आठ सिसी क्यामरा जडान गरेका हुन् ।

ती क्यामराको निगरानी सुख्खानगरस्थित प्रहरी चौकीले गर्ने छ । सडक दुर्घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जडान गरिएको क्यामरा बिहीबारबाटै सञ्चालनमा आएको टोल विकास संस्थाका उपाध्यक्ष नवराज चापागाईंले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया