ट्रकको ठक्कर बाट साइकलयात्री चौधरीको घटनास्थलमै मृत्यु

शर्मिला गुरुङ

चितवन, १३ पुस :  भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् । 

फाइल फोटो

आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

 

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बिहान ७ः३० बजे भएको थियो । रासस 

  

प्रतिक्रिया