अध्ययनका लागि अष्ट्रेलिया गएका नेपाली विधार्थी निश्चल घिमिरे बेपत्ता

रिता घिसिंग

काठमाडौँ : अष्ट्रेलिया अध्ययनका लागि गएका निश्चल घिमिरे बेपत्ता भएका छन् । २२ बर्षिय इक्वायलस् इन्टरनेशनलका विधार्थी हुन्। बिगत ३ बर्ष देखि उनी एडिलेडमा छन् । उनी ५ देखि १० बजेको होम केयर सिफ्ट गर्न उनी बेलुका ४ बजे इडवाडसटन पुगेका थिए र ९,१० बर्षका बालकलाई ग्लेनेल समुन्द्री किनारामा लिएर गएका उनी फर्किएनन् । बालकका अभिभावकले साउथ अष्ट्रलियाको पुलिसलाई खबर गरेपछि बालक ग्लेनेल घुम्न गएको समुद्री किनाराको एउटा घरमा आश्रय लिएको अवस्थामा फेला परेका थिए भने निश्चल भेएिनन् । 

उनको गाडी नजिकै पार्क गरेको भेटिएको छ । यस लगत्तै प्रहरीले पानीमा र पैदलै पनि अनि हवाई खोजी गरेपनि उनको कुनै पत्तो लाग्न सकेको छैन । उनका आफन्त प्रज्वल घिमिरेका अनुसार निक्कै मिजासिला स्वभावका निश्चल साथीहरुसंग स्थानीय क्रसरोडमा बस्दै आएका थिए । पुख्र्यौली घर ओखलढुंगा भएका निश्चलको परिवार दधिकोट भक्तपुर बस्दै आएका छन् । नेपाली विद्यार्थी निश्चलको खोजीमा सहयोग गर्न सम्पुर्ण एडिलेडबासीलाई एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक अशोक केसीले अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू