फेरी बढ्यो सुनचाँदीको मूल्य

शर्मिला गुरुङ

काठमाडौँ, १३ पुस : आज साताको अन्तिम दिन अर्थात शक्रबार पनि नेपाली बजारमा सुनको बढेको छ ।



हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ सय रुपैयाँले बढेर क्रमश : ५९ हजार ७०० रुपैयाँ र ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज शुक्रबार चाँदीको मूल्य पनि दश रुपैयाँले बढेको छ ।
हिजो बिहीबार प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आज फेरि बढेर ७ सय ४५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

प्रतिक्रिया