बलिउड अभिनेता कादर खान भेन्टिलेटरमा, अत्यन्तै नाजुक अवस्था

रिता घिसिंग

एजेन्सी : बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान अस्पतालमा भर्ना भएका छन् । प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ ।

कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । भारतिय मिडियाका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको बताइएको छ ।

खबरका अनुसार कादर खान कहिले होसमा आउँछन्, कहिले यताउती हेर्छन् । उनले कुराकानी गर्न बन्द गरिसकेको बताइएको छ । उनमा निमोनियाको लक्षण पनि देखिएको छ । उनको स्थिती अत्यन्तै नाजुक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू