नायिका विनिता बरालले गरिन प्रेमी तिलकसंग इन्गेजमेन्ट

रिता घिसिंग

काठमाडौँ : थोरै चलचित्र खेलेर पनि कुनै नायिकाले सबैभन्दा चर्चा पाएका छन् भने त्यसमा पहिलो नम्बरमा नायिका विनिता बरालको नाम आउँछ । तर, विनिता बरालले पहिलो चलचित्र ‘चपली हाइट’बाट पाएको सफलता त्यसपछि पाउन सकेनन् । यसपछि उनी कृषि पेशामा लागिन् र अमेरिकातिर हानिइन् ।

अमेरिका हानिएको केहि समयमा नै उनी अमेरिकामा नै बसोबास गर्दै आएका स्याङ्जाका तिलक पौडेलसँग प्रेममा परिन् । तिलकसँग प्रेममा रहेको करिब २ बर्षपछि उनले इन्गेजमेन्ट गरेकी छिन् । बिनिता र तिलकले यसै साता इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेपछि विनिता प्रफुल्ल देखिएकी छिन् ।

उनले जुलाइमा बिहे गर्ने बताएकी छिन् । बिनिता अमेरिकामा एमबीए गरेर जागिरमा व्यस्त छिन् । तिलक भने फिजिक्स साइन्समा पीएचडी गर्दैछन् ।

प्रतिक्रिया