सलमान खानबारे थाहा नभएको यस्ता रोचक तथ्य ! कति जना अभिनेत्रीसंग थियो उनको अफियर ?

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता सलमान खान ५३ बर्षका भएका छन् । अभिनेता खानलाई आफ्नो साथिभाई र फ्यानहरुले दबंग खान, चुलबुल पाण्डे तथा भाइजान भनेर बोलाउने गरेका छन् । सलमान खानको प्रोफेसनल लाइफ हिट बन्यो, तर उनको ब्यक्तिगत जीवनमा भने केही उतार चढाब आएको छ । अभिनेता खानका फ्यानहरुले सँधै सोध्ने एउटै प्रश्न हो, ‘विहे कहिले गर्ने ?’

यसै मौकामा अभिनेता सलमान खानसँग जोडिएको केही तथ्यहरु तपाईमाझ प्रस्तुत गर्दैछौं ।

१. सलमान खानको वास्तविक नाम ‘अब्दुल राशिद सलीम सलमान खान’ हो ।

२. सलमान खानले फिल्म ‘बीवी हो तो ऐसी’ (१९८८)बाट बलिउडमा डेब्यु गरेका थिए । यो फिल्ममा सलमानले सपोर्टिङ रोलमा अभिनय गरेका थिए । तर कयौंलाई लाग्छ कि सलमानको पहिलो फिल्म ‘मेने प्यार किया’ (१९८९) हो ।

३. अभिनेता सलमानको दोस्रो फिल्म ‘मेने प्यार किया’लाई कैयौं भाषामा डब गरिएको थियो । फिल्मको टाइटल मज्जाको दिइएको थियो ।

४. भनाई अनुसार फिल्म ‘मेने प्यार किया’ रिलिज भएपछि अभिनेता सलमान ६ महिना बेरोजगार बनेका थिए ।

५. बच्चामा अभिनेता सलमान हिरो बन्न चाहदैनथे । आफ्नो बुवा सलीम खान जस्तै लेखक बन्न चाहन्थे । मोडलिङबाट सलमानले फिल्मी करियर सुरु गरेका थिए ।

६. १५ भन्दा बढी फिल्ममा अभिनेता सलमानको क्यारेक्टरको नाम प्रेम राखिएको छ । जहाँ, मैने प्यार किया, अन्दाज आफ्ना आप्ना, हम आप्के है कौन, जुडवा, दीवाना मस्ताना, बीवी नम्बर १, हम साथ साथ है, नो इन्ट्रि लगाएत फिल्ममा लसलमानको क्यारेक्टरको नाम ‘प्रेम’ राखिएको छ ।

७. सलमान खानले आफ्नो करियरमै सबै भन्दा बढी फिल्म अभिनेत्री क्याट्रिना कैफसँग गरेका छन् । यो जोडी पुनः ‘भारत’ फिल्ममा पनि सँगै देखिदै छन् ।

८. सलमान खानलाई बलिउडमा गड फदरको नामले पनि चिनिन्छन् । उनले कयौं स्टार किड्स तथा नन स्टार किड्सहरुलाई लञ्च गरेका छन् । जहाँ सोनाक्षी सिन्हा, डेजी शाह, आयुष शर्मा, सुरज पञ्चोली, स्नेहा उल्लाल, भुमिका चावला, जहीर इकबाल, प्रनुतन बहल लगाएत छन् ।

९. सलमान खानको कैयौं अभिनेत्रीहरुसँग अफेयरको चर्चामा पनि चल्यो । जहाँ सोमी अली, युलिया बन्तुर, ऐश्वर्य राय, क्याट्रिना कैफ, संगप्ता बिजलानी लगाएत छन् ।

१० सलमान खानले बच्चामा स्विमिङ सौखिन थिए । उनी स्कुल टाइममा च्याम्पियन पनि बनेका थिए । उनलाई पेन्टिङ पनि आउँछ, भने राम्रो गीत पनि गउँछन् ।

११. सलमान खानलाई साबुन धेरै मन पर्छ । नेचर इन्ग्रेडेन्टबाट बनेको साबुनले सलमान धेरै नुहाउँछन् । उनको बाथरुममा विभिन्न प्रकारका साबुनहरु हुन्छन्, जुन विभिन्न देशबाट मगाइएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू