अब रहेनन् ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर’ गितका लोकगायक बुद्धिकृष्ण लामिछाने

रिता घिसिंग

पुस १३, काठमाडौं : ‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन’ गीतका गायक अर्थात नेपाली लोक गीतका सर्जक बुद्धिकृष्ण लामिछानेको दुखद निधन भएको छ । भक्तपुरको चागुनारायण नगपालिका बागेश्वरी गाविस वडा नं ३ मा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ रहेका उनको ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।

पक्षघात रोगबाट ग्रसित उनको आफ्नै निवासमा आज मध्यान्ह निधन भएको हो। उनको जन्म २०१५ साउन १ गते भएको थियो। बिगत ७ वर्ष अघि देखि पक्षघात रोगबाट ग्रसित उनि एक डेढ वर्ष अघिदेखि मान्छे पनि राम्रो सँग नचिन्ने अवस्थामा पुगेका थिए। उनको दुई छोरा र चार छोरी छन। छोराको बिहे हेर्ने उनको ठुलो चहाना अनुसार नै भर्खरै मात्र उनको जेठा छोराको बिहे भएको थियो। तर उनी थला परेकै कारण छोराको बिहेमा गीत गाउने चाहाना भने अपुरै रहयो। २ घण्टापछि उनको पार्थिव शरीर आर्यघाट लगिनेछ

लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया