राप्तीसोनारी गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने

रिता घिसिंग

नेपालगञ्ज, १३ पुस : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालमैत्री स्थानीय शासन कार्यविधि–२०६८ अनुरुप बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माण गर्न लागिएको बताउनु भयो । स्थानीयसँग गरिएको सार्वजनिक सुनुवाइका आधारमा माग भए बमोजिम गाउँपालिकामा सडक, पुल,पुलेसा, सिँचाइ, खानेपानी, शिक्षा, सञ्चार, विद्यालयको स्तरोन्नति, प्रशासनिक सुधारका काम थालिएको पनि अध्यक्ष थारुले बताउनुभयो ।

सिकलसेलको उपचार

नेपालगञ्जको भेरी अस्पतालमा सिकलसेल रोगको उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । सो अस्पतालमा अहिलेसम्म ६२७ जना सिकलसेलका बिरामी उपचारका लागि आएको निमित्त सुपरिटेन्डेण्ट डा वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरबाट अस्पतालमा उपचारका लागि आएका सिकलसेल रोगका बिरामीमध्ये ४१२ महिला र २१५ पुरुष रहेको फोकलपर्सन गङ्गा पौडेलले बताउनुभयो । अस्पतालमा उपचार गराउन आउने सिकलसेल रोगका बिरामीलाई रु एक लाखसम्मको औषधिसहित निःशुल्क उपचार सेवा दिने गरिएको छ ।

अस्पतालमा अहिलेसम्म दुई जनाले रु ९० हजार बराबरको उपचार सेवा लिइसकेको निमित्त सुपरिटेडेण्ट डा चन्दको भनाइ छ ।
–रासस

प्रतिक्रिया