ठगी गर्ने ६ भारतीय पक्राउ

admin

भोजपुर, १३ पुस : ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले आज पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी घोडासहन–१४ का लवकुश शाह, जीतेन्द्र शाह, शरणकुमार शाह, रवीन्द्र शाह, रमेश कुमार र राकेश कुमार रहेका छन् ।
-रासस

प्रतिक्रिया