बाघको छालासहित चार जना पक्राउ

admin

हेटाँैडा, १३ पुस: मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ गजुरीका दिलबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका चारै जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । रु सात लाखमा बाघको छाला किनबेच हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी र संरक्षणकर्मीको संयुक्त टोलीले थाहा नगरपालिका–३ मा मोटरसाइकल र अटो रिक्सा जाँच गर्ने क्रममा ना२ह ३९२७ नंको अटो रिक्सामा लुकाई राखेको आठ फिट ६ इन्च लामो पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेकालाई आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यलय मकवानपुरलाई बुझाइने प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया