अष्ट्रेलियाकाे एडिलेडमा हराएका नेपाली यस्तो अबस्थामा मृत भेटिए

admin

सिड्नी/ दक्षिण अष्ट्रेलियाकाे एडिलेडमा बिहिबारदेखि हराईरहेका नेपाली युवाकाे मृत्यु भएकाे छ । हराएकाे २४ घण्टापछि ती युवाकाे शव समुन्द्रमा डुबेकाे अवस्थामा भेटिएकाे प्रहरीलाई उदृत गर्दै स्थानिय अशाेक केसीले जानकारी दिनुभयाे ।

गत विहिबार दिउँसाेदेखि २२ वर्षिय निश्चल घिमिरे हराईरहेका थिए । शव घिमिरेकै भएकाे उनका भाई प्रज्वल घिमिरेले प्रहरी समक्ष सनाखत गरेका हुन् । पाैडी खेल्न क्रममा डुबेर ज्यान गएकाे हुनसक्ने अनुमान छ । तर, निश्चललाई पाैडन नअाउने भएकाले किन समुन्द्रमा गए भन्ने चाहि शंकास्पद छ । प्रहरीले घटनाकाे छानविन गरिरहेकाे छ ।

दक्षिण अष्ट्रेलियाकाे क्लेरेन्स पार्कमा बस्ने घिमिरे आफुले हेरचाह गर्ने बालक घुमाउने क्रममा हराएका थिए । घिमिरेले बालबालिका हेरचाह गर्ने काम गर्थे । घिमिरे बालक लिएर नजिकै रहेकाे ग्लेनग समुन्द्री तटमा गएका थिए । बालक भने तट नजिकै सकुशल भेटिएकाे छ । घिमिरे हराएकाे सूचना भने प्रहरीले शुक्रबार मध्यान्हमात्र खबर पाएकाे थियाे ।

प्रतिक्रिया