गैँडाको आक्रमणबाट चार महिला घाइते

admin

कञ्चनपुर, १३ पुस : गैँडाको आक्रमणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खर काट्न गएका बेलडाँडी गाउँपालिका–२ का चार महिला घाइते भएका छन् । गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ३७ वर्षीया सीता उपाध्याय, ६० वर्षीया दुर्गादेवी उपाध्याय, ३८ वर्षीया सरस्वती सावद र ३३ वर्षीया सुशीला उपाध्याय घाइते भएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीले आजदेखि तीन दिनका लागि खर कटाइ खुला गरेको छ ।
-रासस

प्रतिक्रिया