करेन्ट लागेर चौधरीको मृत्यु

admin

नारायणपुर, १३ पुस: करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घोराही उपमहानगरपालिका–६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

घोराहीबाट जन्द्रा गाउँतर्फ जाँदै गरेको रा१ख ४६८ नं.को बस रोकेर सामान झार्ने क्रममा बसका साहु घोराही उपमहानगरपालिका–१७ बस्ने चौधरी बिजुलीको तारमा छोइएर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

-रासस

प्रतिक्रिया