दुई गाउँपालिकालाई एम्बुलेन्स सहयोग

शर्मिला गुरुङ

डोटी, १४ पुस : डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले स्थानीयवासीको स्वास्थ्य सेवाका लागि एम्बुलेन्स पाएका छन् ।
उक्त दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासीलाई छिटो, छरितो स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी आनन्द विष्टको पहलमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

एक गाउँपालिकामा रु ११ लाख गरी दुई गाउँपालिकाको लागि कुल रु २२ लाखको लगानीमा आफूले पहल गरी एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले जानकारी दिनुभयो । “एम्बुलेन्स नहुँदा जनतालाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरीद गरेर हस्तान्तरण गरेको छु”, उहाँले भन्नुभयो ।

विष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो भने अर्को बडीकेदार गाउपालिकाको एम्बुलेन्स आज गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गर्नुभएको हो । डोटी जोरायल गाउँपालिका–५ गड्सेरका स्थानीयवासी रहनुभएका काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्ट अमेरिका बस्नु हुन्छ । रासस

प्रतिक्रिया