भक्तपुरमा पेस्तोलसहित चार जना पक्राउ

admin

भक्तपुर, १४ पुस : सशस्त्र प्रहरी बलको विशेष टोलीले आज भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन् ।

प्रकाउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया