नेविसंघ महाधिवेशन फेरि अनिश्चित

admin

काठमाडौँ, १५ पुस : विद्यालय, क्याम्पसदेखि जिल्लाहरूको अधिवेशन नै समयमा हुन नसकेपछि नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन निर्धारित समयमा हुनेमा फेरि पनि अन्योलता देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

तालिकाअनुसार शनिबारसम्ममा ७७ वटै जिल्लाको अधिवेशन सकिइसक्नुपर्ने थियो । तर, सात जिल्लाको अधिवेशन पनि सकिएको छैन । अहिलेसम्म भोजपुर, ताप्लेजुङ, अर्घाखाँची, हुम्ला, डोल्पा र झापा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

प्रतिक्रिया