अग्ला अग्ला मान्छेहरुको भिडमा हराएका मान्छे हौँ हामी : होचा दल बहादुर (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कलाकार दल बहादुर कार्की होचापुड्का व्यक्ति लगायत सबैको लागि प्रेरणा हुन्। शारीरिक अपाङ्गतालाई लिएर समाजले होच्याउने त्यो समयमा पनि उनले कलाकारिता क्षेत्रमा प्रवेश गरेर सफल बने। उनी होचा पुड्कासंघका पुर्व अध्य्क्ष पनि हुन्।

विगतका दिनहरुमा उनी स्टेज प्रोग्राममा जमेका कलाकार हुन्। स्टेज प्रोग्राम गर्ने क्रममा उनको शरीरको नसा च्यापिएको थियो। उनी भन्छन, ”सानो कद भएका व्यक्तिलाई कसरी प्रोगाम शानदार बनाउ भन्ने हुन्छ। जहाँ हामीलाई उफ्रन र नाच्न पर्छ। त्यही नाच्ने उफ्रने गर्दा ढाडको नसा च्यापियो।”

त्यसपछि उनले कलाकारिताबाट केहि समयका लागि विश्राम लिएका छन्। त्यस वखत उनलाई डाक्टरले ३ वोटा नसा च्यापिएको कारण अप्रेशन गर्ने सल्लाह दिए। सो बमोजिम उपचार भयो र खुट्टा कमजोर भएको कारण उनले शुरुमा हुइल चियर र वैशाखीको सहारा लिनुपर्यो। अहिले उपचार भएको ५ वर्ष वित्तिसक्यो। उनी अझै एउटा लट्ठीको सहारामा हिड्ने गर्छन। उनको देव्रे खुट्टा अझै रामरी ठिक भएको छैन।

गुल्मीमा जन्मेका दल बहादुरका बुबाआमाले सानो मै छाडेका थिए। उनको सहारा भनेको अहिले उनको श्रीमती छिन्। कलाकारिताबाट विश्राम लिएपछि उनी लैनचौरमा एउटा होटेल खोलेर बसेका छन्। उनी र उनकी श्रीमती रुपाले मिलेर खाजघर चलाउने गर्छन। होचा कलाकार कार्कीले अग्ली युवती रुपासँग विवाह गरेपछि उनीहरुको जोडीको बारेमा सर्वत्र चर्चा भएको थियो।

दलबहादुरले प्रेम विवाह गरेका थिए। कदको फरकले पनि प्रेममा असर नपारेको यो जोडी सुन्दर वैवाहिक जीवनमा रमाइरहेका छन्। उनले आफुले पढाउने स्कुलको ५ कक्षा पढ्ने १३ वर्षिया किशोरीलाई भगाएका थिए। उनले। यो जोडीका अहिले दुई छोरी छन्। उनीहरु दुवैको कद पनि सामान्य बालिकाको भन्दा सानो छ।

उनको घरमा पनि पहिला कोहि होचा थिएनन्। दलबहादुर भन्छन, ”सबै ठुला ठुला छन् म मात्रै किन सानो होला सबैले हेप्छन भने जस्तो लाग्थ्यो र म त्यसमै गीत रच्दै गाउने गर्थे।” 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू