आज आइतबार कति छ सुनचाँदीको भाउ ?

शर्मिला गुरुङ

काठमाडौँ, १५ पुस : आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।


अस्ति शुक्रबार बजारमा छापावाल सुन र तेजाबी सुन क्रमस : प्रतितोला ५९ हजार ७ सय रुपैयाँ र ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि कुनै फेरबदल नभई सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


त्यस्तै चाँदीको मूल्यमा पनि कुनै फेरबदल आएको छैन। शुक्रबार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबारमा भइरहेको छ ।

प्रतिक्रिया