ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

शर्मिला गुरुङ

काठमाडौँ, १५ पुस : तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो ।

सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको प्रमुख गिरीले बताउनुभयो । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एक एक स्वास्थ्यचौकी सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले रु ५० लाख छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका १२ कार्यक्रम स्वीकृत गरेको छ । रासस

प्रतिक्रिया