गुराँस इन्सुरेन्सले ग-यो बीमा दाबीको भुक्तानी

शर्मिला गुरुङ

भद्रपुर, १५ पुस : गुराँस लाइफ इन्सुरेन्स कम्पनी क्षेत्रीय कार्यालयले बीमित झापा भद्रपुर–८ निवासी स्व किस्मत प्रधानको घरमै गएर आज उहाँका परिवारलाई बीमाबापतको रकम रु २० लाख ४९ हजार हस्तान्तरण गरेको छ ।

किस्मतले गत असारमा अभिकर्ता कमला राईमार्फत इलाममा रु १० लाखको जीवन बीमा र रु १० लाखको दुर्घटना बीमा गर्नुभएको थियो । गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएकाले पाउने बीमाबापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीको टोली घरमै पुगेर पिता कृष्ण प्रधानलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त कम्पनीले चालू आवको साउनयता रु एक करोडभन्दा बढी बीमाको भुक्तानी गरिसकेको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया