विद्यालयलाई कम्प्युटर सहयोग

admin

बेझाड, १६ पुस: रामपुर नगरपालिकाले जानकी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षाको ज्ञान दिनका लागि नगरपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । सो कम्प्युटर नगरप्रमुख रमणबहादुर थापाले विद्यालयलाई हस्तान्तरण गर्दै प्रविधिको विकास भइरहेको बेला यहाँका विद्यार्थी कम्प्युटर शिक्षा लिनबाट वञ्चित भएकाले सहयोग गरेको बताउनुभयो ।

रु एक लाख ५० हजारको लागतमा दुई थान कम्प्युटर, एक थान प्रिन्टर सहयोग गरेको लेखाअधिकृत मीनबहादुर घर्तीले बताउनुभयो । आधारभूत तहअन्तर्गत कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा सञ्चालन गर्न आर्थिक समस्याले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुन सकेको थिएन ।
-रासस

प्रतिक्रिया