१५ बर्षकै कलिलो उमेरमा कसरी भयो मिसनाको यस्तो हालत [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। ओखलढुंगाकी क्यान्सर पीडित बालिका मिसना राई अहिले उपचार गर्न काठमाडौँ आएकी छिन्। उनको यो रोग सानो पिलोबाट शुरुवात भएको थियो।

सानो पिलो बल्झिदै गएपछि उनी धेरै अस्पताल धाइन्। उमेरले भर्खर १५ वर्ष पुगेकी उनलाई यस्तो कलिलै उमेरमा क्यान्सर भएको उपचार मार्फत पत्ता लाग्यो। अहिले उनी क्यान्सर रोग निको पर्न उपचाररत छिन्।

घर जग्गा जति जे भएको आफ्नो आर्थिक स्थितिले भ्याउने अनुसार उनका पिताले खर्च जुटाएर उपचार गरिसकेका छन्। गाउघरमा आएश्रोत नै के हुन्छ र ? खेतीपातीले खान नै ठिक्क हुन्छ। उपचारको लागि उनले गाउको समुहबाट ऋण पनि लिईसकेका छन्।

मिसनाका पिताले भने ,’शुरुमा डाक्टरले ७ लाख लाग्छ भनेका थिए। त्यसैले हामीले उपचार गर्न शुरु गर्यौ। नत्र त आर्थिक स्थिति कम्जोर छ धेरै लाग्ने भए उपचार नगराउने भनेको थिए। अहिले त्यो ७ लाख भन्दा बढी सकिसक्यो अब अझै ५ लाख भन्दा बढी लाग्ने भनेका छन् डाक्टरले। ‘

डाक्टरको सल्लाह अनुसार अहिले मिसनाले किमो गरिराख्नु पर्ने हुन्छ। एक पटक किमो गर्दा तिस हजार भन्दा बढी खर्च हुने गरेको उनका पिताको भनाई छ। उनले दैनिक औषधि पनि सेवन गरिराखेकी छिन्।

लाउलाउ खाउखाउ उमेरमा यस्तो डरलाग्दो रोग लागे पनि मिसनाले हिम्मत हारेकी छैनन्। उनलाई बाच्ने आशा छ। उनले कक्षा दश सम्म अध्ययन गरेकी छिन्। यहिँ रोगले गर्दा उनले पढ्न समेत पाएकी छैनन्। उनको पढ्ने रहर पनि अधुरै छ। उनलाई धेरै पढेर भविष्यमा समाज सेवा गर्ने मन छ।

मिसानालाई सहयोगको लागि सम्पर्क नं. : ९८६३८८८३१० / ९८११३९६८०७

सक्नेले आर्थिक सहयोग नसक्नेले यो समाचार शेयर गरेर भएपनि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। तपाईहाम्रो सानो सहयोगले कसैले नव जीवन पाउछ भने किन सहयोग नगर्ने। कृपया यो समाचार देखेर नदेखेको झैँ नगर्नु होला।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू