अवार्ड लिदै रणवीरले यसो भनेपछि दिपिकाको आँखामा आयो आँसु

रिता घिसिंग

पिएनपिखबर : हालसालै बिबाह बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह आफ्नो फ्यानहरुलाई हसाउनको लागि कुनै कसुर छोड्दैनन्। अहिले सामाजिक संजालमा दीपवीरको एक भिडियो भाइरल भैरहेको छ। भिडियोमा रणबिरले दिपिकालाई केहि यस्तो कुरा भन्छन जुन सुनेर दिपिकाको आँखामा आँसु आउछ।

भाइरल भएको भिडियो स्टार स्क्रीन अवार्डको हो। स्टार स्क्रीन अवॉर्डमा रणबिरको फिल्म पद्मावतमा अलाउद्दीन खिलचीको रोलका कारण बेस्ट एक्टरका अवार्ड मिलेको छ।

अवार्ड लिएपछि आफ्नो स्पीचमा रणबिर भन्छन ‘फिल्ममा त मलाई रानी मिलेन तर वास्तविक जीवनमा मलाई मेरो रानी मिलेको छ। ‘ त्यसपछि उनले दिपिकालाई I Love You भन्छन। यो सुनेर दिपिकाको आँखामा आँसु आउछ। दिपिकाले त्यसपछि रणबिरलाई फ्लाइंग किस दिन्छिन।

प्रतिक्रिया