बन्चरासहित तीन भारतीय नागरिक पक्राउ

admin

राजविराज, १६ पुस: सप्तरीको बोदेबर्साइन नगरपालिका–९ श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।

प्रहरी चौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेका ३४८ थान बन्चरोसहित तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

पक्राउ परेका मानिससहित बन्चरा तिलाठीस्थित भन्सार कार्यालय कुनौलीमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने खुलाइएको छैन । बरामद गरिएका बन्चरा अन्दाजी रु एक लाख ३९ हजार मुल्य बराबर रहेको बताइएको छ ।
-रासस

प्रतिक्रिया