जन्डिसले थलिएपछि घरबेटीले नै जिउँदो मान्छेलाई आर्यघाटमा लगेर छाडिदिए (हेर्नुहोस भिडियो)

रिता घिसिंग

पिएनपिखबर, भक्तपुर : घरबेटिले बिरामी अवस्थामा घाटमा पुर्याइएर अलपत्र पारिएकी आमा दिक्षा भुजेललाई मानव कल्याण समाजद्वारा उद्दार गरिएको छ।

बिरामी अवस्थामा ओछ्यानमा छट्पटाई रहेकी सिन्धुपाल्चोक स्याउलेकि आमा दीक्षालाई निर्दयी घरबेटीले आफ्नो घरबाट मरेको लास निकाल्ने नहुने भन्दै जिउदै आर्यघाटमा लगेर छाडीदिएका थिए ।



एक्कासी जन्डिसले थला परेकी आमा दिक्षा भुजेल रातको समयमा बाथरुम जाने क्रममा चिप्लिएर लडेकी थिइन् । जन्डिसको औषधिले लठ्ठीएकि उनि सरफ पानीमा चिप्लिएर लडेपछि हिडडुल समेत गर्न असमर्थ भएकी थिइन् । आमाको यस्तो हाल देखेपछी निर्दयी घरबेटीले सहयोग गर्नुको सट्टा राति नै उठाएर घाटमा लगेर छोडीदिएको आमा गुनासो गर्छिन ।

घाटमा अलपत्र अवस्थामा भोक भोकै बस्न बाध्य आमालाई एउटा संस्थाले उद्दार गरेर हस्पिटल पुर्याएको थियो । ६ दिनको उपचारपछि उनको डिस्चार्ज गरि भक्तपुर चाँगुनारायण नगरपालिका–७ स्थित मानव कल्याण समाजमा राखिएको छ ।

बाँकी भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू