नखाउ भोको पेट खाउ कुकुरको खाना भन्दै विदेशी भूमिको पिडा सम्झिदै भावुक भए यी युवक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। रबि कुमार महतो महातोरिका बासिन्दा हुन्। वैदेशिक रोजगारको शिलशिलामा उनी छ महिना अगाडी साउथ अफ्रिका पुगेका थिए। मेकानिकको कामको लागि भनेर उनलाई नेपालदेखि लगिएको थियो।

हेर्दा सोझो भए पनि उनलाई उनको बोसले केहि समय पश्चात गर्नुसम्मको अत्याचार गरिएको उनको भनाई रहेको छ। उनको तोकिएको डिउटि सकेपछि पनि उनले बोसको घरको पर्सनल काम लगाएको उनले बताए।

घरमालिकको घरमा भाडा माझ्नु पर्ने, लुगा धोइदिनु पर्ने, कुकुरको शरसफाई गर्दिनु पर्ने, खान बनाईदिनु पर्ने जस्ता कामहरु उनले गर्नु पर्थ्यो। उनलाई वोर्कशपमा काम लगाइएको थियो जहाँ उनलाई काम भन्दा पनि बढी गालि गरिन्थ्यो।

उनलाई खान पनि पेट भरि खान दिइदैनथ्यो। नेपालीले कत्ति खान्छ भन्दै उनको मालिकले गाली गर्थे। आफ्नै पर्सनल खर्चले खान्छु भन्दा पनि उनलाई बन्देज लगाइन्थ्यो। यसैकारणले गर्दा उनको तौल सम्म एकदम घटिसकेको थियो।

६०० डलर तलब तोकेर उनी विदेश गएका थिए। तर उनले तोकेको जति तलब पाएनन्। त्यति मात्र होइन उनलाई तलब समेत समयमा दिदैनथ्यो। उनले यस्ता क्रियाकलाप आफु गएको म्यानपावरलाई गुनासो गरे तर म्यानपावरले कुनै वास्ता गरेन।

उनी काम गर्ने ठाउँमा एक जना नेपाली कामदार समेत थिए। उनले अर्काको देशमा नेपाली आफ्नै दाजुभाई सोचेर मलाई यस्तो यस्तो भयो केहि गर्दिनुस न तपाई त पुरानो भनेर गुनासो पोख्दा पनि केहि वास्तानगरेको उनले बताए।

उनी धेरै पटक प्रहरी समक्ष आफ्नो गुनासो पोख्न पनि पुगे। तर प्रहरीले थर्काउदै उल्टै घरमालिकको घरमा लगिदिन्थ्यो। डेढ लाख रुपैया तिरेर गएका उनी फर्किदा न ऋण तिर्न सके न त उनले केहि जम्मा गर्न सके।

नेपाल फर्किसकेका उनी अब नेपालमा पनि अटोमोबाइल्सको काम गर्ने योजना बनाई रहेका छन्। आर्थिक अभावका कारण उनले हाल आफ्नै व्यवसाय भने शुरु गर्न सकेका छैनन्।

हेर्नुहोस् पुरा भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू