हाब्रेको छाला ओसारपसार मुद्दाका प्रतिवादी जेल चलान

admin

काठमाडौँ, १७ पुस: दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच वर्ष कैद तोकिएका नुवाकोट शिवपुरी गाउँपालिका २ का अशोक भन्ने श्यार्पा तामाङ जेल चलान भएका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटीएको टोलीले सोमबार बेलुका काठमाडौँ सामुखुसीबाट उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले आजै कैद भुक्तानीका लागि जेल चलान गरिएको हो । 

 

रेड–पाण्डाको छाला ओसारपसार तथा बिक्रिबितरण हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले गएको भदौमा काठमाडौं तारकेश्वर नगरपालिका १० मनमैजुबाट रेडपाण्डाको छालासहित उनलाई पक्राउ गरेको थियो । उक्त मुद्धामा अदालतबाट माग भएको धरौटी वापत जेथा जमानीमा तारेखमा रहेको तामाङ अदालतको फैसला पछी फरार रहेका थिए । 

 

रेड–पाण्डाको छाला बिक्री वितरणमा संलग्न सोही मुद्दाका अर्का व्यक्ति सन्तोषकुमार तामाङ यसअघि नै जेल चलान भैसकेका व्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

-रासस

प्रतिक्रिया